नियम १२क
पूर्व स्वीकृतिको अवधि
ऐनको दफा १५ को उपदफा (२) बमोजिम इजाजतपत्रवालालाई दिइएको पूर्व स्वीकृति बढीमा दुई वर्षसम्म कायम रहनेछ ।
तर इजाजतपत्रवालालाई प्राप्त भएको मागपत्र वा अन्य कागजातमा कामदारलाई वैदेशिक रोजगारमा पठाउने अवधि दुई वर्ष भन्दा कम उल्लेख भएको रहेछ भने सोही बमोजिम पूर्व स्वीकृतिको म्याद कायम रहेको मानिनेछ ।